रंगशाला निर्माणका लागि ऋषि धमला र एलिजा गौतमले गरे ३ लाख सहयोग

 

चैत १२, काठमाडौँ । पत्रकार ऋषि धमला र नायिका एलिजा गौतमले धुर्मुस–सुन्तली फाउण्डेसनलाई ३ लाख सहयोग गरेका छन् । 

नायिका एलिजाले आफ्नो जन्मदिनको अवसरमा १ लाख सहयोग गरेकी हुन् भने पत्रकार धमलाले २ लाख सहयोग गरेका हुन् । उनीहरुले उक्त सहयोग रकम धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई हस्तान्तरण गरेका हुन् । 

null

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला बन्ने भएको हो। 

रंगशाला निर्माणका लागि विभिन्न संघ–संस्था, चलचित्रकर्मी तथा सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =