रंगशाला निर्माणका लागि ऋषि धमला र एलिजा गौतमले गरे ३ लाख सहयोग
२०७५ चैत १३ गते

चैत १२, काठमाडौँ । पत्रकार ऋषि धमला र नायिका एलिजा गौतमले धुर्मुस–सुन्तली फाउण्डेसनलाई ३ लाख सहयोग गरेका छन् ।
नायिका एलिजाले आफ्नो जन्मदिनको अवसरमा १ लाख सहयोग गरेकी हुन् भने पत्रकार धमलाले २ लाख सहयोग गरेका हुन् । उनीहरुले उक्त सहयोग रकम धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
null
चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला बन्ने भएको हो।
रंगशाला निर्माणका लागि विभिन्न संघ–संस्था, चलचित्रकर्मी तथा सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् ।
२०७५ चैत १३ गते
प्रतिक्रिया








