देशभर दिनभर बदली, पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना

 

पुस २२, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम बदली हुने जनाएको छ । 

पश्चिमबाट आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशको पश्चिमी क्षेत्रमा दिनभर सामान्यदेखि पूर्ण मौसम बदली हुने मौसमविदले जानकारी दिए । यसको प्रभाव सोमबारसम्म नै रहने छ । 

null

आइतबार पश्चिमका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने मध्य र पूर्वी क्षेत्रमा बदली हुनेछ । 

त्यस्तै काठमाडौँ उपत्यकामा पनि दिनभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम २.१ डिग्री मापन गरिएको छ । दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =