ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
२०७५ माघ ३ गते

माघ ३, हिलिहाङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिममा गएराति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए ।
घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।
null
लालीखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२०७५ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








