आइएमर्ई ट्राभलद्वारा सटल बस सेवा प्रारम्भ

पुस, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडको सिटी सम्पर्क कार्यालय पानीपोखरी स्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्की हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बस स्टेसनसम्मको दुरी तय गर्नेछ ।
null
साँझ ४ बजे चन्द्रागिरी हिल्स लिमिटेडको बेस स्टेसनबाट छुट्ने उक्त बससेवा कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरी सम्म आइपुग्ने छ ।
चन्द्रागिरी सम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आगमनलाई मध्यनजर गर्दै यस्तो सुविधासम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए








