प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएपछि संसदमा कांग्रेसको अवरोध

पुस २२, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै प्रतिपक्षले विरोध गरेका छन् । 

आइतबारको संसदमा सुरुमै प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । सभामुख महराले सरकारको काम कारवाहीका विषयमा जानकारीमुलक वक्तव्य भएको भन्दै यसमा प्रश्न गर्न नपाउने भनेपछि प्रतिपक्षी कांग्रेस सांसदहरुले यसको विरोध जनाउँदै संसदमा उठेर नाराबाजी गरे । 

सभामुख महराले प्रश्नोत्तरकै कार्यक्रममा प्रश्न राख्न सांसदहरुलाई अनुरोध गरे । 

null

उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए । 

लगतै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर सभामुखले प्रश्नको समय उपलब्ध नगराउँदा कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गरेका छन्। सांसदहरुले रोस्टम घेराउ गरेपनि सभामुख कृष्णबहादुर महराले संसद चलाउँदै अर्थ समितिका सभापतिलाई प्रतिवेदन पेश गर्न निर्देशन दिए। 

विरोधपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। बैठक १५ मिनेटलाई स्थगित भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =