केसीको रिहाईको माग गर्दै दवाव अभियान सुरु
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २५ । अदालतको अपहेलनामा पक्राउ डा. गोविन्द केसीको रिहाईको माग गर्दै दवाव सुरु भएको छ । पक्राउको विरोधमा आज मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।
यसैबीच, नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले केसीको को तत्काल रिहाईको माग गर्दै आन्दोलन गर्ने बताउनुभयो । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले डा. केसीलाई आज बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट केसीलाई पक्राउ गरेको हो ।
उहाँलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








