केसीको रिहाईको माग गर्दै दवाव अभियान सुरु 

काठमाडौं, पुस २५ ।  अदालतको अपहेलनामा पक्राउ डा. गोविन्द केसीको रिहाईको माग गर्दै दवाव सुरु भएको छ । पक्राउको विरोधमा आज मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

यसैबीच, नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले केसीको को तत्काल रिहाईको माग गर्दै आन्दोलन गर्ने बताउनुभयो । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले डा. केसीलाई आज बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट केसीलाई पक्राउ गरेको हो ।

उहाँलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =