वार्नरको शतक, मोहम्मद आमिरको ५ विकेट : अष्ट्रेलिया विजयी

एजेन्सी । डेविड वार्नरको शतक, मोहम्मद आमिरको ५ विकेट अनी अष्ट्रेलियाका फास्ट बलरको उत्कृष्ट प्रदर्शन । फास्ट बलिङ फ्रेण्डली पिचमा भएको अष्ट्रेलिया र पाकिस्तानबीचको खेलमा भएको प्रदर्शन । नतिजा अष्ट्रेलिया ४१ रनले विजयी । वार्नरले बल टेम्परिङ काण्डपछि पुनरागमन गर्दै पहिलो पटक शतक प्रहार गरे । यस्तै सुरुवाती सूचीमा पाकिस्तानी टिममा नपरेका आमिरले पछिल्लो पटक समावेश गरिनुको कारणलाई सहि सावित गर्दै अष्ट्रलियाको ५ विकेट झारे । 

वार्नरको शतकप्रेरित अष्ट्रेलियाले शानदार सुरुवात गरेपनि आमिरले ५ विकेट लिएपछि कंगारु टोली एक ओभर बाँकी छँदै ३०७ रनमा अलआउट भएको थियो । जवाफमा कमिङ र स्टार्कको उत्कृष्ट बलिङ पछि पाकिस्तान ४५.४ ओभर खेल्दै २६६ रनमा अलआउट भयो । ४ खेल खेलेको अष्ट्रेलिया तेस्रो जितपछि ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । न्यूजिल्याण्ड समान अंक भएपनि रनेरटमा अष्ट्रेलिया पछि रहेको हो । उता दोस्रो हार बेहोरेको पाकिस्तान ४ खेलपछि ३ अंकसहित आठौं स्थानमा छ । 

 

null

टाउटनस्थित कुपर एसोसिएसन कन्ट्री ग्राउण्डमा पाकिस्तानले टस जितेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो । ओपनरद्वय कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । २२ औं ओभरको पहिलो बलमा पाकिस्तानका मोहम्मद आमिरले कप्तान आरोन फिन्चलाई हफिजको हातबाट क्याचआउट गराउदै पहिलो सफलता दिलाए । फिन्चले ८४ बल खेल्दै ६ चौका र ४ छक्काको मद्दतमा ८२ रन जोडे । 

त्यसपछि ब्याटिङमा आएका खेलाडीहरुले भने व्यक्तिगत २५ रन भन्दा बढी बनाउन सकेनन् । स्टिभ स्मिथ (१०) लाई २९ औं ओभरमा हफिजले आसिफ अलीबाट क्याचआउट गराए । १० बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २० रन बनाएका ग्लेन म्याक्सेवललाई शाहिन शाह अफ्रिदिलीले ३४औं ओभरमा बोल्ड गरे । ३७ औ ओभरमा आमिरले शतक बनाएका वार्नरलाई आउट गरेपछि अष्ट्रेलिया २४२-४ को स्थितीमा पुगेको थियो । त्यसपछि अष्ट्रेलियाले ६५ रन थप्दा बाँकी ६ विकेट गुमायो । 

वार्नरले १११ बल खेल्दै ११ चौका र १ छक्काको मद्दतमा १०७ रन बनाए । म्याक्सेवलभन्दा पछि ब्याटिङ गरेका शन मार्सले २३ र उस्मान खवाजाले १८ रन जोडे । दुवै ब्याट्सम्यानलाई आमिरले आउट गरे । त्यसपछि वाहव रियाजले नाथन कुल्टर नाइल र हसन अलीले प्याट कमिङलाई आउट गरेपछि अष्ट्रेलिया ४७.३ ओभरमा ३०२-८ को अवस्थामा पुग्यो । अन्तिम १५ बल खेल्न अष्ट्रेलियाका २ खेलाडी बाँकी थिए । तर ४९ औं ओभरको तेस्रो बलमा आमिरले एलेक्स क्यारी (२०) लाई बोल्ड गरे भने उक्त ओभरको अन्तिम बलमा मिचेल स्टार्कलाई सोएब मल्लिकबाट क्याचआउट गराए । 

अष्ट्रेलियाको रन गती रोक्न भूमिका खेलेका आमिरले १० ओभर बलिङ गर्दै २ ओभर मेडन राखेर ३० रन खर्दै ५ विकेट लिए । ओडिआईमा आमिरको यो पहिलो ५ विकेट हो । यस्तै शाहिन शाह अफ्रिदीले २ तथा हसन अली, वाहव रियाज र हफिजले १-१ विकेट लिए । ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात राम्रो हुन सकेन । तेस्रो ओभरको पहिलो बलमै अष्ट्रेलियाका प्याट कमिङले ओपनर फकर जमनलाई केन रिचर्डसनको हातबाट क्याचट गराए । अर्का ओपनर इमाम उक हल र बाबर अजामले पाकिस्तानी इनिङ्स अगाडि बढाउने क्रममा दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी गरे । यी दुईले ५४ रन जोडे । तर ११ औं ओभरको पाँचौ बलमा नाथन कुल्टरल नाइलको बलमा बाबर रिचर्डसनबाटै क्याचआउट भए । 

तेस्रो विकेटका लागि इमामले मोहम्मद हफिजसँग ८० रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । तर कमिङले २६ औं ओभरको पहिलो बलमा इमामलाई विकेटकिपर एलेक्स क्यारीबाट उत्कृष्ट क्याचआउट गराएपछि पाकिस्तानले तेस्रो विकेट गयो । इमामले ७५ बल खेल्दै ५३ रन जोडे । पाँचौ नम्वरमा क्रिसजमा पुगेका कप्तान सर्फ्राज अहेमद र हफिजले इनिङ्स अगाडि बढेन प्रयास गरेका थिए । तर अष्ट्रेलियाका कप्तान आरो फिन्चले २६औं ओभर आफै बलिङ गरे र उक्त ओभरको अन्तिम बलमा ४६ रन बनाएका अफिजलाई मिचेल स्टार्कको हातबाट क्याचआउट गराए । 

४ विकेट झरेपछि दबाबमा आएको पाकिस्तानले त्यसपछि ३ ओभर अन्तरमा २ विकेट गुमायो । सोएब मल्लिक कमिङले विकेटकिपर क्यारीबाट आउट गराए भने आसिफ अली ५ लाई केन रिचर्डसनले क्यारीबाट क्याचआउट गराए । ३० ओभरमा पाकिस्तानले १६० रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । १३२-२ को अवस्थामा रहेको पाकिस्तानले निरन्तर विकेट गुमाएपछि १६०-६ को अवस्थामा पुगेको थियो । तर त्यसपछि हसन अली र वाहव रियाले आक्रमक ब्याटिङ गर्दै पाकिस्तानको केही आशा जगाएका थिए । 

आठौं नम्बरमा ब्याटिङ गरेका हसनल अलीले आक्रमक ब्याटिङ गर्दै इनिङ्स अगाडि बढाउन सहयोग गरे । उनले १५ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ३२ रन बनाए । हसनलाई रिचर्डसनले ३४ औं ओभरमा उस्मान खवाजाको हातबाट क्याचआउट गराए । २०० रन बनाउँदा ७ विकेट गुमाएपनि कप्तान सर्फ्राज र वाहज रियाजले आठौं विकेटका लागि अर्धशतकिय साझेदारी गर्दै स्कोर उकासे । यी दुईले राम्रो ब्याटिङ गर्दै पाकिस्तानलाई जिततर्फ डोहोर्‍याइरहेका थिए । तर मिचेल स्टार्कले बलिङ गरेको ४५औं ओभरको दोस्रो बलमामा रिभ्युमार्फत वाहव रियाज आउट भए । 

सुरुमा अम्पायरले नटआउट इशारा गरेपनि रिभ्युमा वाहवको ब्याटले बल छोएको देखिएपछि उनी आउट भएका थिए । सर्प्राजसँग आठौं विकेटका लागि ६४ रनको साझेदारी गरेका वाहव ४५ रन बनाएर आउट भए । उनले ३९ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । ४५ औं ओभरकै चौथो बलमा स्टार्कले मोहम्मद आमिर (०) लाई बोल्ड आउट गरेपछि खेल अष्ट्रेलियाको पक्षमा मोडिएको हो । ४६ औं ओभरको चौथो बलमा म्याक्सवेलले पाकिस्तानका कप्तान सर्फ्राजलाई डाइरेक्ट हिटमार्फत रनआउट गरेपछि अष्ट्रेलिया विजयी भएको हो । अष्ट्रेलियाका लागि प्याट कमिङले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । यस्तै मिचेल स्टार्क र केन रिचर्डसनले २-२ विकेट लिए । स्टारक्ले ९ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =