कर्मचारी समायोजन अध्यादेश संसदबाट स्वीकृत

पुस १७, काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ स्वीकृत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले सरकारले पेश गरेको समायोजन अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
null
बैठकमा सांसद प्रेम सुवाल र गगन कुमार थापाले समायोजन अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वीकृतिका लागि राखेको प्रस्ताव स्वीकृत भएको हो ।
प्रतिनिधिसभामा सांसद गगन कुमार थापाले सकारले कर्मचारीको वृत्तिविकास समेत रोकिने गरी ल्याएको अध्यादेश स्वेच्छाचारी र विभेदकारी रहेको आरोप लगाएका थिए भने मन्त्री पण्डितले संविधानको व्यवस्थाअनुसार नै अध्यादेश ल्याएको जिकिर गरेका थिए ।
मन्त्री पण्डितले अध्यादेशले कर्मचारीको वृत्तिविकास नरोक्ने स्पष्ट पार्दै संसदलाई छलेर केही पनि नगर्ने बताए।
गत बुधरबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गरेका थिए। सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुल्ला गरिसकेको छ।








