विप्लव समूहको जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ
२०७६ माघ १४ गते

माघ १४, काठमाडौँ । गएराती सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरेको हो ।
रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का अनुसार उनीहरुलाई चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
२०७६ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








