सिद्धार्थ बैंकका कर्मचारी र ग्राहकलाई चिरायु हस्पिटलमा विशेष छुट

चैत्र ९, काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकहरुलाई चिरायु हस्पिटलले  उपचार खर्चमा विशेष छुट दिने भएको छ ।   

सिद्धार्थ बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा अस्पतालले विशेष छुट दिने भएको हो ।   

सम्झौता पश्चात बैंकका कर्मचारीले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट र बैंकका ग्राहकले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।   

Photo.jpg

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका छन् ।   

हाल बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =