संविधान बनाउनेले नै उलंघन गरेः सांसद शाह

जेठ २१, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको प्रतिबद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद शाहले संविधान संशोधनको प्रतिबद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
null
बैठक सुरु हुनासाथै राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए । लगतै सभामुखले राजपा सांसद शाहलाई बोल्न दिएका थिए । सोही क्रममा शाहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहे पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै आक्रोश पोखे ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्छु भनिरहँदा पनि अझै सम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
संविधान बनाउनेले नै संविधान उलंघन गरेको उनको दाबी थियो ।
सरकारले संघियताको मर्म र भावनाविपरित आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनले संविधान अवैध सन्तानजस्तो भएको टिप्पणी गरे ।








