काठमाडौंमा वर्षा, चिसाे बढ्याे
फाइल तस्वीर
पुस १७, काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भएको छ । आज (बिहीबार) दिउँसो काठमाडौंमा वर्षा भएको हो ।
वर्षाका कारण चिसो बढेको छ । जनजीवन प्रभावित बनेको छ ।
त्यस्तै आजै बिहान बझाङमा हिमपात भएको थियो । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण हिमपात तथा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बिहानै मौसमबारे जानकारी दिँदै आज दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको थियो ।
राति देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडि तथा हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार पनि वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।