दक्षिणकाली पुग्ने भक्तजनलाई मेडिसिटीको स्वास्थ्य उपचार
२०७६ असोज १८ गते

असोज १८, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले दक्षिणकाली दर्शनमा पुग्ने भक्तजनलाई लक्षित गरी मोबाइल क्लिनिक सहित स्वास्थ्य उपचार सेवा प्रदान गरीरहेको छ । फुलपाती, अस्टमी र नवमीको दिनलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अत्याधिक मात्रामा भक्तजनको भीड हुने र खाली पेट दर्शन गर्ने भएकाले कमजोरी लगायतका समस्या हुनसक्ने विषयलाई मध्यनजर गर्दै यो स्वास्थ्य शिविरको व्यवस्था गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराए ।
साथै अस्पतालले दशैं विदामा समेत आकस्मिक अवस्थामा अस्पताल आउनु पूर्वको प्राथमिक उपचार सेवा, आकस्मिक उपचार, क्रिटिकल केयर सेवा प्रदान गरिरहेको छ ।

२०७६ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित










