खैरहनीमा एनसेलको टावरमा आगजनी

माघ १३, चितवन ।   खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा केशबराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्ममा क्षती भएको छ । आईतबार राती १०: ४५ बजे अज्ञात समुहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिए ।   

कोईरालाका आुनसार दमकल, नेपाल प्रहरी र स्थानीयको सहायताले रातीनै आगो नियन्त्रणमा लिईएको थियो । आगो लगाउने समूहको खोजि कार्य भईरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =