खैरहनीमा एनसेलको टावरमा आगजनी
२०७६ माघ १३ गते

माघ १३, चितवन । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा केशबराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्ममा क्षती भएको छ । आईतबार राती १०: ४५ बजे अज्ञात समुहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिए ।
कोईरालाका आुनसार दमकल, नेपाल प्रहरी र स्थानीयको सहायताले रातीनै आगो नियन्त्रणमा लिईएको थियो । आगो लगाउने समूहको खोजि कार्य भईरहेको उनले जानकारी दिए ।

२०७६ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








