फेरि अर्को गैंडा मृत भेटियो

पुस २६, चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडगाई पोष्ट नजिकै एक पोथी गैंडा मृत भेटिएको छ । गैंडा ५/७ दिनदेखि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । 

मृत भेटिएको अन्दाजी २० बर्षको गैंडालाई एक्जाभेटर लगाएर बाहिर निकालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । उनका अनुसार गैंडाको खाग र खुरहरु सुरक्षित छन् । 

भाले गैंडाले लेखेटर भाग्न खोज्दा गैंडा दलदलमा भासिएको हुनसक्ने सहायक संरक्षण अधिकृत रमेश यादवले बताए । जाडोयाम गैंडा प्रजननको समयका रुपमा लिइन्छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा योसहित ७ वटा गैंडा मरेका छन् । गत बर्ष ४३ गैंडा मरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =