डा. केसीले फेरि सारे अनशनको भाका ! दिए सात दिने अल्टिमेटम

 

पुस १८, काठमाडौँ । चिकित्सा शिक्षाको सुधारको माग राख्दै १६ औं अनशनको तयारीमा जुटेका डा. गोविन्द केसीले फेरि एक हप्तापछि सारेका छन् अनशन । 

अनशनको तयारीका लागि इलाम पुगेका उनले बुधबार एक विज्ञप्ति जारी गर्दै पुस २५ गतेसम्म अनसन सुरु नगर्ने जानकारी दिए । 

null

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापतिले सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही दिनको समय माग गरेका कारण उनले अनशनको मिति सारेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

साथै उनले यसबीच चलखेल भएको अवस्थामा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन् । 

१५ औं सत्याग्रहका बेला संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा निश्चित संशोधनहरूसहित पारित गर्ने, उपत्यकाबाहिर विभिन्न ठाउँहरूमा सरकारी मेडिकल कलेज खोल्ने लगायतका बुँदाहरुमा सम्झौता भएको थियो। 

डा. केसीले सरकार र पार्टीहरूको प्राथमिकता अझै पनि आम नागरिकलाई गुणस्तरीय र सर्वशुलभ स्वास्थ्य सेवा दिने भन्दा पनि छिटो निजी मेडिकल कलेज खोलेर व्यापार गर्ने रहेको आरोप लगाउँदै आएका छन् । 

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नूपर्ने । 

– सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने । 

– गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गर्नूपर्ने । 

– सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गर्नुपर्ने । 

२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनु पर्ने । 

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =