सडक पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप
२०७६ वैशाख २७ गते

बैशाख २६, काठमाडौं । चुच्चेपाटी–बौद्ध–जोरपाटी सडकखण्ड कालोपत्रे गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनका क्रममा स्थानीयले बाटो ठप्प पारेपछि प्रहरीले खुलाउने प्रयास गर्दा झडप भएको हो । यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
null
बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाऊँ भन्दै सडकमा उत्रिएका स्थानीयले ‘कालो पत्रे छिटो गर’, धुवाँ धुलो धेरै भो, श्वास फेर्न गाह्रोे भो’, स्वास्थ्यमाथिको खेलवाड बन्द गर’, ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर’, लगायत लेखिएका प्लेकार्ड बोकी शंख फुकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।
बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने स्थानीयको चेतावनी छ ।
२०७६ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








