दाङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, एककाे अवस्था गम्भिर
२०७६ पुस १६ गते

पुस १६, दाङ । ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा दाङ जिल्लाको बबई गाउँ गाउँपालिका-५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।
गएराती सोहि गाउँपालिका-२ रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेको थियो ।

सोही दुर्घटनामा एक जना गम्भीर घाईते पनि भएका छन् । घाईते हनेमा सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री रहेका छन् ।
मृतक बुडाथोकीको राप्ती प्रादेशिक अस्पतालमाउपचारका क्रममा मृत्यु भएको र उनको शव सोही अस्पतालमा राखिएको छ भने गम्भीर घाईतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।
२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








