दाङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, एककाे अवस्था गम्भिर

पुस १६, दाङ । ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।   

ज्यान गुमाउनेमा दाङ जिल्लाको बबई गाउँ गाउँपालिका-५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।   

गएराती सोहि गाउँपालिका-२  रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेको थियो ।   

सोही दुर्घटनामा एक जना गम्भीर घाईते पनि भएका छन् । घाईते हनेमा सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री रहेका छन् । 

मृतक बुडाथोकीको राप्ती प्रादेशिक अस्पतालमाउपचारका क्रममा मृत्यु भएको र उनको शव सोही अस्पतालमा राखिएको छ भने गम्भीर घाईतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =