चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
२०८३ साउन ७ गते

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज भेटवार्ता गर्ने भएका छन् ।
बिहीबार ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग छलफल रहेको जनाइएको छ ।
छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी रहनेछन् ।
यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो।
२०८३ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








