यु १९ एसिया कप: नेपाल सेमिफाइनलमा पुग्दा डिफेन्डिङ च्याम्पियन बाहिरियाे

कार्तिक २८, काठमाडौँ । एसिसी यु–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गरेपछि नेपाल सेमिफाइनमा प्रवेश गरेको छ । आजै नेपालले मलेसियाविरुद्ध ८ विकेटले सानदार जित हात पारेको थियो ।

बङ्गलादेशले भारतलाई ८ विकेटले नै पराजित गरेको छ । भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले उक्त लक्ष्य दुई विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्‍यो । बंगलदेशका लागि तहिर अड्डीले सर्वाधिक ४८ रन बनाए ।

नेपाल, बङ्गलादेश, भारत र मलेसिया रहेको समूह–ए मा बङ्गलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =