काठमाडौँमा खेल्ने क्रममा छतबाट खस्दा बालिकाको मृत्यु
मकालु खबर
२०७६ पुस ११ गते
फाेटाे फाइल
पुस ११, काठमडौँ । काठमाडौँमा खेल्ने क्रममा घरको छतबाट खस्दा ५ वर्षिय बालिकाको मृत्यु भएको छ ।
काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा बुधबार खेल्ने क्रममा घरको छतबाट खस्दा ५ वर्षीया बालिका अनिषा पौडेलको मृत्यु भएको हो ।
स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।
उनका अनसार बालिका खसे लगतै उनलाई उपचारको लागि ग्राण्डी अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मकालु खबर
२०७६ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित