सुशासन र समृद्धिको नारा दिने सरकार भ्रष्टाचारमा मुछियोः सांसद

 

पुस १७, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाइडबडीको विषयमा विभिन्न आरोप प्रत्यारोप लगाएकाे छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा. अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका हुन् । 

null

वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । सिंहले सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको भन्दै राजीनामा माग गरेका हुन् । 

उनले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरे । 

सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरिन् । सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताइन् । 

बैठकमा सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताए । निःशुल्क श्ययाको समेत शुल्क निर्धारण गरिएको, कर्मचारीले साउनदेखि तलब नपाएकामा उनले सरकारको ध्यानाकर्षण गराए । 

सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =