खोक्से खोला नजिकै झरेको पहिरोले मेची राजमार्ग अवरुद्ध
२०७४ जेठ १५ गते

ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखु स्थित खोक्से खोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ । गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानै देखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ ।
यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








