खोक्से खोला नजिकै झरेको पहिरोले मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखु स्थित खोक्से खोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ । गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानै देखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ ।

यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

यस्तै पहिरो पन्छाउन पाँचथरबाट समेत स्काभेटर मेसिन झिकाइएको छ भने पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । सडक अवरुद्ध भएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापा लगायतका ठाउँमा जाने छ वटा बस र दर्जनौँ ट्याक्सी रोकिएर रहेका छन् भने यात्रु अलपत्र परेका छन् । बर्सेनि वर्षातको समयमा सोही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =