बिराटनगर जुटमिल्सको बिवाद टुंगियो : बसन्त वन बिरुद्धको रिट खारेज

बिराटनगर, पुस १७ । लामो समयदेखि संचालक समितिको विवादमा रुमलिएको बिराटनगर जुटमिल्स लिमिटेडको बिवाद अन्तत टुंगिंएको छ । उच्च अदालत बिराटनगरले अध्यक्ष बसन्त वन बिरुद्धको रिट खारेज गरिदिएपछि जुटमिल्सका अध्यक्षबीचको विवाद टुंगिएको हो । 

 

अध्यक्ष वन अवैधानिक अध्यक्ष रहेको भन्दै उनलाई हटाउन भनी राजेन्द्र कार्कीले दायर गरेको रिट उच्च अदालतका न्यायधिस नागेन्द्र लाभ कर्ण र साधुराम सापकोटाको इजलासले खारेज गरिदिएपछि अध्यक्षको विवाद टुंगिएको हो । अदालतको फैसलापछि वनले आफनो पक्षमा फैसला भएको भन्दै अब मिलको नेतृत्व सन्चालन गर्ने बताए । 

null

उनले भने ‘अदालतले मेरा बिरुद्धमा दायर भएको रिट खारेज गरिदिएको छ, अब मिलको नेतृत्व सम्हालेर यसलाई पूर्ण क्षमतामा सञ्चालन गराउनेछुु ।’ उच्च अदालत बिराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार अब वनलाई जुटमिल्सको अध्यक्षको रुपमा काम गर्न कानूनी बाटो खुलेको छ । रेग्मीले वन बिरुद्धको रिट खारेज भएको बताए । 

यसअघि अध्यक्ष बसन्त वनले गरेको कुनै पनि निर्णय कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगरले अन्तरिम आदेश गरेको थियो । उच्च अदालतका न्यायाधिश उमेशराज पौड्यालको एकल इजलाशले गरेको सो अन्तरिम आदेश उल्टाउदै रिट खारेज गरिदिएको हो । यसअघि बिराटनगर जुटमिल्समा वसन्त वन र मुकुन्द प्रसाद नेपालले आ–आफ्नो समूहको आधिकारिता भएको दवि गर्दे आएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =