पोलिटब्युरो सदस्य नेकपा प्रवेश गरेपछि विप्लवको आयो यस्तो प्रतिक्रिया

जेठ १९, काठमाडौं । आफ्नो पार्टीको पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उनलाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको बताएको छ ।
आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले पार्टीको नीति तथा कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समितिको बैठकले पोलिटब्युरो सदस्य राईलाई निलम्बन गरेको स्मरण गराउँदै अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी सदस्यबाट निष्काशन गरिएको बताएका हो ।
null
राई आज मात्रै नेकपा प्रवेश गरेका थिए । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए ।
नेकपा प्रवेश गर्दै राईले सुरक्षा खोज्दै नेकपा नआएको दाबी गर्दै देशलाई समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले आफू प्रवेश गरेको बताएका थिए भने अध्यक्ष दाहालले खुशी प्रकट गर्दै विप्लव पनि एक दिन नेकपामा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए ।








