सालोले भिनाजुलार्इ कुटे, भिनाजुले संसार छाडे

कात्तिक १, नुवाकाेट । मेघाङ गाउँपालिका–४ ठुलो किम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठुलो किम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

मङ्गलवार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान् तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए । टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान् तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =