स्टडी एडिलेडद्वारा नेपाल २०२० ब्राण्ड शुरु, नेपाली विद्यार्थीलाई यस कारण फाइदा

कात्तिक १८, काठमाडौं । दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरुलाई एडिलेडको एम्बेसेडर बन्न साथै एडिलेडको शैक्षिक तथा जीवनशैलीको अनुभव लिने अवसर प्रदान गर्दछ । 

प्रतियोगिताका विजेताले प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर मुल्य बराबरको सपोर्ट प्याकेज प्राप्त गर्नेछन् जस अन्तर्गत एयरफेयर, आवास भत्ता र विद्यार्थीहरुलाई पूर्ण शैक्षिक वातावरण र त्यहाँको जीवनशैलीको अनुभव लिनका लागि एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेशहरु समावेश गरिएको छ ।   

एम्बेसेडरहरुलाई एडिलेड अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै उत्कृष्ठ शहरहरु मध्ये एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत आफ्नो साथीहरु, परिवार र समुदायमा शेयर गर्न प्रत्सोहान गरिनेछ । यो प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बंगलादेश गरेर ४ वटा दक्षिण एशियाली देशहरुबाट १५ जना विजेता चयन गरिनेछ ।   

स्टडी एडिलेड एम्बेसेडर सीईओ क्यारन केन्टले ब्राण्ड एम्बेसेडर कार्यक्रम मार्फत पठनपाठनका लागि एडिलेड आउने विद्यार्थी मध्ये उच्च गुणस्तरीय विद्यार्थी छनौट गरेर नेपालमा एडिलेडमा अध्ययन गर्नुको लाभ बारे अझ बढि चेतना फैलाउने उद्देश्य रहेको बताए । ‘नेपालमा पहिलो पटक यो कार्यक्रम शुरु गरेर २०२० ब्राण्ड एम्बेसेडरहरुलाई स्वागत गर्न पाउँदा र उनीहरुलाई शहरी जीवन, सुरक्षित र विश्वस्तरीय शैक्षिक संस्थानमा स्वागत गर्न पाउँदा खुशी छौं ।’ उनले भने । 

सन् २०२० मा दक्षिण अष्ट्रेलियाका राजधानी एडिलेडमा शिक्षा हासिल गर्न खोजिरहेका नेपाली विद्यार्थीहरुका लागि यो प्रतियोगिता खुला गरिएको छ ।  आवेदन प्रक्रियाका लागि उनीहरुलाई एडिलेडमा अध्ययन गर्ने के कुराले उत्प्रेरित गर्यो भन्ने केहि आधारभूत प्रश्नहरुको उत्तर दिनुपर्नेछ । जजहरुको प्यानलले सृजनशीलता, उत्साह र एडिलेडमा अध्ययन गर्ने चाहनाको आधारमा विजेताहरु चयन गर्नेछन् । 

तथ्याङक अनुसार नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ एडिलेड रहेको छ । र, जुलाई २०१८ देखि जुलाई २०१९ सम्म एडिलेडमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्यामा २८.६ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाकै उत्कृष्ट शैक्षिक संस्था भएकै कारण स्टडी एडिलेड एम्बेसेडर अभियानमा नेपाली विद्यार्थीहरु एडिलेडमा पढ्ने बढि सम्भावना देखिएको छ । 

सन् २०१८ मा इन्टरनेशनल एल्मुनी जब नेटर्वकले गरेको अनुसन्धानमा एडिलेडमा अध्ययन गर्ने ८० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुले प्राप्त गरेको सेवाबाट सन्तुष्ट रहेको र उनीहरुको अन्तर्राष्ट्रिय अनुभव सकारात्मक रहेका पाइएको छ । 

अध्ययनका अनुसार, ३५प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अध्ययन पूरा हुनु अगावै आफ्नो करिअर शुरु गरिसकेका छन् । त्यस्तै ४० प्रतिशत विद्यार्थीहरुले स्नातक गरेको ३ महिना भित्रै काम शुरु गरिसकेका छन् । एडिलेडमा अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अन्य अष्ट्रेलियन स्टेटबाट स्नातक गरेका विद्यार्थीभन्दा बढि रकम कमाएका छन् । 

एडिलेडको एम्बेसेडर कार्यक्रमको आवेदन ३१ डिसेम्बर, २०१९ अर्थात पौष १५ गतेसम्म मात्र रहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *