स्मार्ट पार्किङ सेवा आजदेखि, मोबाइलबाटै यसरी गर्न सकिन्छ बुकिङ

 

असार १, काठमाडौं । अब सवारी चालकले न्यूरोड क्षेत्रमा पार्किङको झन्झट व्यहोर्नु नपर्ने भएको छ । 

काठमाडौं महानगरपालिकाले राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ गरेसँगै पार्किङको झन्झट कम हुने भएको हो । चालकले एप्सबाटै पार्किङ बुकिङ गर्न सक्नेछन् । 

null

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक विशेष समारोहका बीच स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् ।  

महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जाम लगायतका समस्या हुने गरेको थियो । यो व्यवस्थासँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सकिनेछ । त्यहाँ उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ । 

अनावश्यक रुपमा पार्किङ खोजिरहनु नपर्ने, अत्याधुनिक र सुरक्षित पार्किङ, महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झन्झटबाट मुक्त भइने, समयको बचत हुने लगायत स्मार्ट पार्किङको विशेषता रहेको छ । 

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुहोस् । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सक्नुहुनेछ । 

पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्नुपर्ने हुन्छ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुनेछ । बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्नेछ । 

मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ८० रुपैयाँ शुल्क लाग्नेछ । 

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =