किशोरीलाई बलात्कार गर्ने पक्राउ
मकालु खबर
२०७६ मंसिर २३ गते
मंसिर २३, कैलाली । कैलालीमा १७ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आईतबार साँझ बलात्कारको आरोपमा कैलालीको मोहन्यालय गाउँपालिका १ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई पक्राउ गरिएको हो । बिकलाई ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हाल पक्राउ परेका बिकमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित