कामै नगरी चिनिया कम्पनीले आयोजना अाेगटेकाे खुलासा

असाेज २५, काठमाडाैं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले कामै नगरेको खुलासा भएको छ ।

आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाइ भएकाे बताएका छन् । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा बोल्दै उनले आयोजना निर्माणको जिम्मेवारी पाएको ठेकेदार लगायतका कन्सल्टयान्टहरुले काम नगर्ने गरेको गुनासो गरेका हुन् ।

आयोजना प्रमुख शर्माले चिनियाँ ठेकेदार कम्पनीलाई भाषा बुझाउन कठिनाइ भएका कारण पनि आयोजनाको काम अघि बढाउन कठिनाइ हुन गएको उल्लेख गरे । उनले आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरूको काम कार्वाही चित्तबुझ्दो नभएका कारण पुनर्विचार गर्न सरकारलाई आफूले पटक पटक आग्रह गर्दै आएको जानकारी पनि समितिलाई गराएका थिए ।

राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न गर्न समितिले सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =