बनभोज खान गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता
२०७६ माघ २६ गते

माघ २६, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
शनिबार अपराह्न बेपत्ता भएका उनलाई अहिलेसम्म फेला पार्न नसकिएको प्रनाउ चन्दले बताए । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।

रासस
२०७६ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








