युवतीले काटिदिइन् आफ्नै प्रेमिको लिङ्ग
मकालु खबर
२०७६ मंसिर २४ गते
मंसिर २४, काठमाडौ । काठमाडौँमा एक युवतीले आफ्नो प्रेमिको लिङ्ग नै काटिदिएकी छिन् । करिब एक वर्षदेखि युवकको प्रेमका रहेकी ती युवतीले प्रेमा धोका दिएको भन्दै लिङ्ग नै काटिदिएको प्रहरीले जनाएको छ ।
१९ वर्षीया थिङ थरकी युवतीले मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीया सुनुवार थरका युवकको लिङ्ग काटिदिएका हुन् । भिन्न धर्म भएका ती युवा र युवतीबीच केही दिन अघी मात्र सम्बन्ध टुटेको थियो । युवक क्रिश्चियन धर्म र युवती बौद्ध धर्मावलम्बी भएको प्रहरीले जनाएको छ ।
घाइते ती युवकको हाल ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको र उनको प्रेमिकालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको बौद्धका डीएसपी रमेशबहादुर सिंह जानकारी दिएका छन्।
मकालु खबर
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित