कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

काठमाडौं । कालिञ्चोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–२ तिखातलका ६५ वर्षीय गोलान्दर बिक छन् ।

शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि उनी बेहोस भएका थिए ।

उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *