चार दिनदेखि हराइरहेका बालक चन्दको सब फेला

विष्णु जोशी, कंचनपुर । कन्चनपुरको हल्दुखालमा १३ वर्षीय बालकको हत्या भएको छ । चार दिनदेखि हराइरहेका बालक तिलक चन्दको हत्या भएको अवस्थामा सब भेटिएको हो । उनी चारदिन अघि विद्यालयबाटै हराएका थिए ।

स्कुलको खाजा खाने समयमा हराएका बालक चारदिनपछि स्कुल देखि २ सय मिटरको दुरिमा खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन । स्कुल देखि हराएका बालक नजिकै नहरमा नुहाउने क्रममा हराएको हुन सक्ने भनी खोजी गरिएको थियो । तर, उनको शव भने हत्या गरेर फालिएको अवस्थामा बुधवार राती फेला परेको हो ।

स्थानीय महिलाहरूले साझपख घाँस काट्ने बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्कुलबाट हराएको भनी प्रहरीमा परिवारले निवेदन दिएपछि उनको खोजी भइरहेको थियो । प्रहरीले मृतक चन्द सँगै स्कुलदेखि सँगै निस्केका आशिष् अधिकारी सहित अन्य केहीलाई पक्राउ गरेको छ । शव भेटिएको स्थान नजिकै घर भएका आशिष् अधिकारी लगायतले नै हत्या गरेको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छ्न ।

उनीहरूले अधिकारीको घर घेरेका छ्न । घरमा ढुङ्गामुढा समेत गरेका छ्न । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ । मृतकका परिवारजनले हत्यामा अधिकारीको परिवार नै सम्लग्न रहेको भन्दै आक्रोशित बनेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि प्रकाश चन्दले घटनाको अनुसन्धान सुरु गरिएको बताउनुभयो । पक्राउ परेकाहरुको साथमा हत्या गरिएका तिलक चन्दले कानमा लगाएको सुनको बाली भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =