‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने

काठमाडौं, भदौ २४ । केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलको घोषणा भएको छ । बुधबार निर्देशक सुदर्शन थापाको जन्मदिनको अवसर पारेर ‘म यस्तो गाउँछु २’ निर्माणको घोषणा गरिएको हो ।
सुदर्शन थापाले निर्देशन गर्ने चलचित्रमा ‘म यस्तो गाउँछु’ को पुरानै जोडी पूजा शर्मा र पल शाह दोहोरिने बताइएको छ ।

चलचित्रमा  सलोन बस्नेत पनि देखिनेछन् ।  सुदर्शन थापा र पूजा शर्माको संयुक्त लगानीमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलले संगीत भर्नेछन् ।  ‘म यस्तो गीत गाउँछु’ यो वर्ष राम्रो व्यापार गर्न सफल चलचित्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =