प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि आर्मी र पुलिस भिड्ने, एपीएफ बाहिरियो

 

जेठ २३, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय डर्बी क्लब एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । 

null

एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । 

पुलिसका लागि पवन सर्राफले अविजित २१ रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले १३ रन बनाए । 

एपीएफका कप्तान बसन्त रेग्मीले ३ र शरद भेषवाकरले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर १ बलमा अलआउट हुँदै ४१ रन बनाएको थियो । 

एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । शरद भेषवाकर र पृथु बास्कोटाले सर्वाधिक ७–७ रन जोडे । यस्तै अमर सिंह रौटेलाले अविजित ६, सन्दीप जोराले ५ र आसिफ शेख, प्रदिप ऐरी, दिपेन्द्र राउत र सुमित महर्जनले समान २–२ रन बनाए । 

पुलिसका ललितले ४ विकेट लिए भने कुशल भुर्तेलले र सागर ढकालले समान ३–३ विकेट लिए । 

अब पुलिसले शनिबार हुने फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =