सिटिजन्स बैंकद्वारा गाईघाटमा ए.टि.एम सञ्चालन

पुस १०, काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ  । 

श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घाटन गरेका हुन् । उक्त ए.टि.एम सेवाको सञ्चालन पश्चात्  बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =