सिटिजन्स बैंकद्वारा गाईघाटमा ए.टि.एम सञ्चालन
२०७६ पुस १० गते

पुस १०, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ ।
श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घाटन गरेका हुन् । उक्त ए.टि.एम सेवाको सञ्चालन पश्चात् बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








