एक हप्तामा यी तीन देशको भ्रमण गर्दै प्रधानमन्त्री

 

जेठ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन् । 

null

जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारण सभामा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । 

दुई दिन त्यहाँ रहेर प्रम ओलीले जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने छन् । उनले बेलायतमा नेपाली समुदायसँग भेटघाट गर्ने पनि कार्यक्रम छ । 

जेठ २९ गते प्रधानमन्त्री जाने कार्यक्रम छ । त्यहाँ उनले उच्च स्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

तीन देशको भ्रमण सकाएर असार १ गते प्रम ओली नेपाल फर्कने कार्यक्रम छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =