घलेम्दीको आजदेखि साधारण शेयर बिक्री सुरू

पुस १९, काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक प्रवर्दधक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको छ । 

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । सो कम्पनीको शेयर छिटोमा यही पुस २३ गतेसम्म र ढिलोमा आगामी माघ १८ गतेसम्म बिक्री गरिनेछ । 

आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =