रौतहटमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ १५ गते

प्रतिकात्मक तस्वीर।
रौतहट । रौतहटमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको राजपुर नगरपालिकाका १७ राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहीबार संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका र संक्रमण पुष्टि भएका सबै जना भारतबाट फर्किएका नेपालीहरु हुन् ।
यसअघि मंगलबार २२ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधवार ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै रौतहटमा संक्रमित हुनेको संख्या १२५ पुगेको छ ।
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









