रौतहटमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको राजपुर नगरपालिकाका १७ राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहीबार संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका र संक्रमण पुष्टि भएका सबै जना भारतबाट फर्किएका नेपालीहरु हुन् ।

यसअघि मंगलबार २२ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधवार ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै रौतहटमा संक्रमित हुनेको संख्या १२५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *