सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने समय तय
२०७७ वैशाख ३० गते

फाइल फोटो। राजन काफ्ले, प्रधानमन्त्रीको स्वकीय सचिवालय
काठमाडौं। सरकारले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नीती तथा कार्यक्रम प्रस्तुत गर्न तथा दुवै सदनलाई संवोधन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
अहिले संसदमा पूर्वबजेट माथिको छलफल चलिरहेको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना भाइरसको प्रभावलाई न्यूनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषयमा केन्द्रीत हुने जनाएको छ।
२०७७ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








