बक्स अफिसमा ‘लालीबजार’को वर्चस्व, प्रतिस्पर्धी फिल्म कहाँ छन्?

काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ ।

सिनेपा:@बक्सअफिसले २०८२ असार २१ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार यस साताको बक्स अफिसमा चलचित्र ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ ।

चलचित्र ‘लालीबजार’ ले हालसम्म ३ लाख १७ हजार १२ वटा टिकट बिक्री गर्दै ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ८९ पैसा ग्रस कमाइ गरेको छ । उत्कृष्ट व्यापार गर्दै आएको यो चलचित्रले प्रदर्शनको सुरुदेखि नै दर्शकको राम्रो साथ पाइरहेको देखिन्छ ।

यस्तै दोस्रो स्थानमा रहेको चलचित्र ‘रोल नं.१’ ले ६९ हजार १६६ वटा टिकट बिक्री गर्दै १ करोड ७४ लाख ८५ हजार ६५८ रुपैयाँ ग्रस कमाइ गरेको छ । पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ ।

तेस्रो स्थानमा रहेको चलचित्र ‘आइएम जित बहादुर’ ले ९ हजार ७४२ वटा टिकट बिक्री गर्दै ३१ लाख ३६ हजार ११२ रुपैयाँ ७२ पैसा कमाएको छ । सीमित शोका बाबजुद चलचित्रले आफ्नो दर्शक वर्ग बनाउन सफल भएको देखिन्छ ।

यसैगरी, चलचित्र ‘जाँड’ ले ५६९ वटा टिकट बिक्री गर्दै १ लाख १६ हजार ६४५ रुपैयाँ ग्रस आम्दानी गरेको छ । अन्य चलचित्रको तुलनामा यसको व्यापार कमजोर देखिएको छ ।

सार्वजनिक गरिएको तथ्यांक नेपालभरका डिजिटल टिकटिङ प्रणालीमा आधारित आधिकारिक बक्स अफिस रिपोर्ट भएको सिनेपा:@बक्सअफिसले जनाएको छ ।

नेपाली चलचित्र उद्योगमा बक्स अफिसको पारदर्शी विवरण सार्वजनिक गर्ने उद्देश्यले हरेक साताको व्यापार विवरण सार्वजनिक हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =