रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
रास्वपाको प्रथम महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टीको घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन् ।
यसैबीच, रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठक पनि बोलाउने तयारी गरेको छ। बैठकमा विधानअनुसार मनोनित गरिने ५१ जना केन्द्रीय सदस्यको विषयमा छलफल हुने बताइएको छ ।








